INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

४९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धवलागिरी गाउँपालिका– ७ धारापानीका ४२ वर्षीय प्रेम दमाईलाई ०८२ फागुन २६ गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई फागुन २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २६ गते इलाका प्रहरी कार्यालय दरावङमा उजुरी दिएका थिए ।

महिलाको स्वास्थ्य परीक्षण फागुन २६ गते प्रादेशिक अस्पताल बेनीमा गरिएको छ ।

अमृतप्रसाद पौडेल

अन्य

भिडियो