१२ वर्षीया भतिजीलाई बलात्कार गरेको आरोपमा प्रहरीले आरोपित काकालाई फागुन २५ गते गिरफ्तार गरेको छ । माघ १२ गते एकाघरमा बस्ने ३२ वर्षीय काकाले ती बालिकालाई बलात्कार गरेको भन्ने पीडित पक्षको उजुरीका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी गणेशबहादुर बरालले जानकारी दिनुभयो ।
काकाबाट बलात्कृत बालिकाको गर्भ रहेको भन्ने विषय समेत फागुन २४ गते दिएको उजुरीमा खुलाएको बताइएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २४ गते दैलेख अस्पतालमा भएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।