INSEC Online

📅 २०८३ जेष्ठ २१

धनुषामा विजय प्रमाणपत्र नदिएको भन्दै नेकपाका  यादव धर्नामा

धनुषा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कम्युनिस्ट पार्टीका मातृकाप्रसाद यादवलाई विजयी भएपनि अझै निर्वाचित प्रमाणपत्र नदिएको भन्दै निर्वाचन आयोगप्रति गम्भीर आपत्ति जनाउँदै धर्ना २०८२ फागुन २५ गते बिहानैदेखि निर्वाचन अधिकृतको कार्यालय अगाडि यादव आफ्ना समर्थक तथा कार्यकर्तासहित धर्नामा बसेका छन् ।

यादवले आयोगकै निर्देशनअनुसार फागुन २२ गते मतगणना गरी परिणाम घोषणा भए पनि अझैसम्म प्रमाणपत्र नदिनु आयोगको प्रक्रिया र विधिविपरीत भएकोे बताएका इन्सेक प्रतिनिधि सन्तोष यादवले जानकारी दिनु भयो ।  निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी शाह कमलको उम्मेदवारी खारेज गरिएको र मतदान तथा मतगणना सम्पन्न भई आफू विजयी भएको अवस्थामा पनि प्रमाणपत्र नदिई ढिलाइ गर्नु चिन्ताजनक भएको यादवको भनाइ छ । यादवले जम्मा १०,४३० मत प्राप्त गरी विजयी भएको बताएका छन्।

निर्वाचन अधिकृत मनोज बरालका अनुसार फागुन २४ गते निर्वाचन आयोगले दिएको निर्देशनअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी शाह कमलको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र फागुन २५ गते त्यसको सुनुवाइ रहेकाले अन्तिम फैसला आएपछि मात्र विजयी उम्मेदवारलाई प्रमाणपत्र हस्तान्तरण गरिने जानकारी दिइएको छ।

 

  सन्तोष कुमार यादव

अन्य

भिडियो