INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

६० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका–४ रूम्जाटारका ६१ वर्षीय दीपबहादुर विकलाई गिरफ्तार गरेको छ ।

आरोपितले ०८२ फागुन १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीलगत्तै आरोपितलाई अनुसन्धानका लागि सोही दिन गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन १४ गते गरिएको छ ।

 

सरस्वती बानिया

अन्य

भिडियो