INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १८ वर्षीय बालकलाई ०८२ फागुन ३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई विभिन्न समयमा र अन्तिम पटक  कात्तिक ८ गते  बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय राजापुरमा फागुन ३ गते उजुरी दिएका थिए ।

पीडित पक्षले दिएको उजुरीको आधार आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी देबेन्द्रकुमार मल्लले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ३ गते बर्दिया अस्पताल, गुलरियामा गरिएको छ।

प्रकाश पौडेल

अन्य

भिडियो