INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा–२ मैनाबगरका कुरीकुरी भन्ने ३० वर्षीय रमेश बिकलाई फागुन ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय बुटवलमा फागुन ४ गते उजुरी दिएको डिएसपी डिलबहादुर मल्लले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ४ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो