INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हुम्ला जिल्ला चङ्खेली गाउँपालिका दार्मा घर भई हाल प्रहरी चौकी चैना मुगुमा कार्यरत ४७ वर्षीय सई सुर्यबहादुर शाहीलाई प्रहरीले फागुन ३ गते गिरफ्तार गरेको छ ।
सापटी लिएको रकम दिने बहानामा आरोपितले फागुन ३ गते साँझ ६ बजे पीडितलाई बोलाई बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन ४ गते गरिएको छ । घटनाका सम्बन्धमा प्रहरी कार्यालयमा जानकारी दिएको विषयमा आरोपितले धम्क्याएको पीडितले आरोप लगाएकी छन् ।
पीडित पक्षबाट मौखिक जानकारी आएको जिल्ला प्रहरी कार्यालयका निमित्त डिएसपी लालबहादुर ऐरले जानकारी दिए । पीडित पक्षबाट लिखित उजुरी आएपछि दर्ता गरेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाउने उनले बताए ।

अन्य

भिडियो