७६ वर्षीया वृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा मेची नगरपालिका–५ नकलबन्दीका २३ वर्षीय कुमार लिम्बू भनिने इन्द्र सुब्बालाई प्रहरीले गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले फागुन १ गते मादक पदार्थ सेवन गरी बलात्कार प्रयास गरेको आरोपमा पीडितका पतिले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई सोही दिन गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय झापामा डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा फागुन १ गते गरिएको छ ।