१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुधौली नगरपालिका वडा नं. ९ बस्ने सोही नगरपालिकाका प्रमुख दिनेश अधिकारी दनुवारलाई ०८२ फागुन ५ गते प्रहरीले गिरफ्तार गरेको छ । ०८२ वैशाख महिनामा अधिकारी विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको थियो । ०८२ साल बैशाख १२ गतेबाट आरोपित सम्पर्क विहिन भएका मेयर ०८२ फागुन ५ गते हेटौडा प्रहरी कार्यालयमा आफै उपस्थित भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले बताउनु भयो । दुधौली नगरपालिकाकै एक होटेलमा काम गर्दा मेयर दनुवारले ती किशोरीलाई बलात्कार गरेको उजुरीमा उल्लेख छ । ती बालिकाले ०८१ फागुन महिनामा शिशु जन्माएपछि घटना सार्वजनिक भएको थियो ।
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषण
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।