INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया महिलालाई ०८२ फागुन ३ गते बलात्कार  गरेको आरोपमा प्रहरीले  वीरेन्द्रनगर नगरपालिका-१ का २३ वर्षीय बिमल विकलाई फागुन ४ गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई बलात्कार गरेको भन्दै फागुन ४ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पीडित पक्षले उजुरी दियो । पीडितको स्वास्थ्य परीक्षण फागुन ४ गते प्रदेश अस्पतालमा भयो ।  आरोपितलाई प्रहरीले गिरफ्तार गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश कार्यालय

अन्य

भिडियो