INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै प्रहरीद्वारा गाडी नियन्त्रणमा

आसन्न प्रतिनिधि सभासदस्य निर्वाचनको औपचारिक प्रचारप्रसारका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले ०८२ फागुन ४ गते दुई ओटा भारतीय नम्बर प्लेटका गाडी राजविराजस्थित गजेन्द्र चोकबाट नियन्त्रणमा लिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवको नेतृत्वमा खटिएको अनुगमन टोलीले आचारसंहिता विपरीत बीआर ११ पीबी ८६१० नम्बरको गाडी स्वाभिमान पार्टीसँग सम्बन्धित रहेको र बीआर ६७ पीबी ८९५६ नम्बरको गाडी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार प्रयोजनमा प्रयोग भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

डिएसपी  डम्बरबहादुर पुरीका अनुसार सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट स्वाभिमान पार्टीका उम्मेदवार सतीशकुमार सिंहका समर्थक र राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार रामजि यादवको चुनावी प्रचारप्रसारमा प्रयोग भएको उक्त गाडीहरु अनुगमनका क्रममा प्रशासनले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको बताएको छ ।

नविन यादव

अन्य

भिडियो