५१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उमनपा–७ का ३१ वर्षीय यज्ञ बोहरालाई १ गते गिरफ्तार गरेको छ ।
फागुन १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा फागुन १ गते उजुरी दिएपछि प्रहरीले घरबाटै गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो । पीडितको स्वास्थ्य परिक्षण फागुन १ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको प्रहरीले जनाएको छ ।