१७ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित तनहँु जिल्ला घिरिङ गाउँपालिका–४ का वडा अध्यक्ष ३२ वर्षीय झकबहादुर कुमालले माघ २८ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा आत्मसमर्पण गरेका छन् ।
आरोपित कुमालले गत वैशाख २५ गते पीडित बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ३० गते जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ परीक्षण वैशाख २८ गते दमौली अस्पतालमा गरिएको थियो । उजुरीपछि फरार रहेका कुमालले कार्यालयमा आई आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का एसपी रमेश थापाले बताए ।
जिल्ला अदालत, नवलपुरको माघ २८ गतेको आदेशबाट आरोपितलाई पुर्पक्षको लागि जिल्ला कारागार चितवन चलान गरेको जिल्ला अदालत, नवलपुरले जनाएको छ ।
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषण
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।