१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–९ रातमाटेका २३ वर्षीय लक्ष्मण पाठकलाई गिरफ्तार गरेको छ ।
बालिकालाई ०८२ माघ २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि माघ २४ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २६ गते गरिएको छ ।
त्यसैगरी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका–६ का २२ वर्षीय प्रचन पाचे मगरलाई माघ २५ गते गिरफ्तार गरेको छ ।
बालिकालाई ०८२ माघ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २६ गते गरिएको छ ।