INSEC Online

📅 २०८३ जेष्ठ २१

धनुषामा निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री प्रहरीले हटायो 

जनकपुरधामस्थित विभिन्न सार्वजनिक स्थान, चोक तथा बिजुलीका पोलमा निर्वाचन आचारसंहिता विपरीत टाँसिएका झण्डा र ब्यानर २०८२ माघ २४ गते जिल्ला प्रहरी कार्यालय धनुषाले हटाएको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले ‘अब कि बार बालेन सरकार’ लेखिएका ब्यानर तथा झण्डा पोल–पोलमा टाँसेको पाइएपछि प्रहरी टोली परिचालन गरी ती सामग्री हटाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेश बमले बताए ।

रामचोक, शिवचोक, जानकी मन्दिर आसपास, जनकचोक, बसपार्क क्षेत्रलगायत स्थानमा टाँसिएका ब्यानर हटाइएपछि प्रहरीले अनुगमनलाई निरन्तरता दिइ रहेको बमले जानकारी दिए ।

 सन्तोष कुमार यादव

अन्य

भिडियो