INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौबिसे गाउँपालिका–५ मुर्कुटेटारका २९ वर्षीय अजय लिम्बूलाई माघ २५ गते गिरफ्तार गरेको छ ।

बालिकालाई ०८२ माघ २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २५ गते इलाका प्रहरी कार्यालय, राजारानीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर पाण्डव राजवंशीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २५ गते जिल्ला अस्पतालमा गरिएको  छ ।

ईश्वर थापा

अन्य

भिडियो