INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई ०८२ माघ २३ गते बलात्कार गरेको आरोपमा प्रहरीले अमरगढी नगरपालिका–११ का २९ वर्षीय सुरेश सार्कीलाई माघ २६ गते गिरफ्तार गरेको छ ।

बालिकालाई बलात्कार गरेकोे भन्दै पीडित पक्षले माघ २५ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका इन्स्पेक्टर भाष्कर चन्दले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २५ गते जिल्ला अस्पताल, डडेल्धुरामा गरिएको छ ।

सुदूरपश्चिम प्रदेश कार्यालय

अन्य

भिडियो