INSEC Online

📅 २०८३ जेष्ठ २१

निकुञ्ज पीडितद्वारा निर्वाचन बहिस्कारको घोषणा

दाङका बाँके राष्ट्रिय निकुञ्ज पीडितहरुले वन्यजन्तुबाट आफूहरुलाई सुरक्षित बनाउन भूमिका नखेलेको भन्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने दाङको बबइ गाउँपालिका–१ मा माघ २४ गते गाउँभेला गर्दै आफूहरुको पुनर्वासको व्यवस्था नहुँदासम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने निर्णय गरेको बबई गाउँपालिका–१ का वडा सदस्य चन्द्रबहादुर राँगु मगरले जानकारी दिनुभयो । पटक पटक पुनर्वासको सपना देखाएर भोट माग्ने तर काम कसैले नगरेको भन्दै बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने दाङको ववई गाउँपालिका–१ को जिला, सिमलकुना, दमारगाउँ, जलेनी, खयरभट्टी, कप्ताने र मलइ क्षेत्रका वासिन्दाले आफ्ना माग सुनुवाइ नहुँदासम्म मतदान बहिष्कार गर्ने निर्णय गरेका हुन् ।

बबई गाउँपालिका–१ स्थित जनता आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको निर्वाचन बहिष्कार गर्ने निर्णयसँगै उनीहरुले माग सुनुवाईका लागि वडा सदस्य मगरकै नेतृत्वमा १३ सदस्यीय संघर्ष समिति समेत गठन गरेका छन् । उनीहरुले बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आएका बन्यजन्तुले स्थानीय खाद्य बालीनालीमा क्षति पुर्‍याएको र घरपालुवा वस्तुभाउ बाघ लागेर क्षति पुर्‍याएको र मानिस समेत असुरक्षित भएको भन्दै बाँच्न र खान पाउने वातावरण सिर्जना गरीदिन माग गरेका छन् । ववई गाउँपालिका वडा नं. १ जिला मतदान केन्द्रअन्तर्गत ६ सय ८२ मतदाता छन् ।

जयनारायण पुन

अन्य

भिडियो