शारिरीक अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मकालु गाउँपालिका–१ का ४१ वर्षीय जङ्गबहादुर तामाङलाई माघ २३ गते गिरफ्तार गरेको छ ।
बालिकालाई ०८२ माघ २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई दर्जीलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धनबहादुर राजवंशीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २३ गते गरिएको छ।