INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गापा–७ का २२ वर्षीय शिवदत्त मण्डललाई प्रहरीले माघ २६ गते गिरफ्तार गरेको छ ।

बलात्कार गरी भाग्ने क्रममा माघ २५ गते राति पीडितका परिवारका सदस्यहरूले उनलाई पीडितकै घरबाट नियन्त्रणमा लिएका थिए ।

प्रहरीले पीडितको घरबाट आरोपितलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेको छ ।

पीडितकी आमाले माघ २६ गते राति जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित र आरोपितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा माघ २६ गते राति नौ बजे भएको अस्पतालले जनाएको छ ।

पीडित पक्षले दिएको उजुरी माघ २७ गते दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अन्य

भिडियो