आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा जिल्लाका ९५ मतदान केन्द्र मध्ये ५२ अति संवेदनशील, २८ संवेदनशील र १५ मतदान केन्द्र सुरक्षा संवेदनशीलताका आधारमा सामान्य रहेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दिपक रेग्मीले बताउनु भयो ।
दोलखाका प्रत्येक संवेदनशील मतदान केन्द्रमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली पुग्ने गरी सुरक्षा योजना बनाइएको छ । निर्वाचनमा सँधै बुथ कव्जा हुने गरेको दोलखा जिल्लाको चुनावी सुरक्षालाई मध्यनजर गर्दै दोलखामा प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) को नेतृत्वमा छुट्टै सुरक्षा बेश राखिने भएको छ ।
बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दिपक रेग्मीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा दोलखामा बेस स्थापना गरिने जानकारी दिनु भयो । बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीका प्रमुख समेत रहेका एसएसपी ढकालको नेतृत्वमा तीन जिल्ला हेर्ने गरी दोलखामा बेस रहने छ । दोलखा बेस बनाएर रहने टोलीले रामेछाप र सिन्धुलीलाई पनि थप मद्दत गर्नेछ ।
दोलखामा जिल्ला प्रहरी कार्यालयको कमान्ड भने डीएसपीले गर्ने छन् ।