राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट तीन जना विजयी हुनु भएको छ ।
राष्ट्रिय सभाको ६ वर्षे कार्यकालका लागि ०८२ माघ ११ गते सम्पन्न भएको निर्वाचनबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी हुनु भएको हो ।
कोशी प्रदेशका तीन पदमध्ये नेपाली कांग्रेसका सुनीलबहादुर थापा यसअघि नै सर्वसम्मत निर्वाचित भइसक्नु भएको छ ।
०८२ माघ ११ गते सम्पन्न निर्वाचनबाट नेकपा एमालेका सोम पोर्तेल र रोशनी मेचे राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनु भएको हो ।
निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार खेम सुन्दास र नमिता न्यौपाने पराजित हुनु भएको छ ।
निर्वाचनमा सोम पोर्तेल ७ हजार ४ सय २३ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।
दलित कोटातर्फ सोम पोर्तेल र अन्य कोटाबाट रोशनी मेचे निर्वाचित हुनु भएको हो ।
राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट ८७ जना प्रदेशसभा सदस्य र २ सय ५८ जना स्थानीय तहका पदाधिकारीले मतदान गरेका थिए ।