INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सभापोखरी गाउँपालिका–१ का ४१ वर्षीय रत्न दर्जीलाई माघ ९ गते गिरफ्तार गरेको छ ।

बालिकालाई ०८२ माघ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ ८  गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मेघराज अर्यालले बताउनु भयो ।  पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ ८ गते गरिएको छ ।

भविन कार्की

अन्य

भिडियो