१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुरको षडानन्द नगरपालिका–२ का ३० वर्षीय प्रज्वल भनिने सञ्जय तामालाई माघ १० गते गिरफ्तार गरेको छ ।
बालिकालाई ०८१ माघ १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई प्रहरीले भोजपुरस्थित घरबाटै अनुसन्धानका लागि ०८२ माघ १० गते गिरफ्तार गरेको हो ।
विशेष सूचनाका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धनबहादुर राजबंशीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८१ माघ १५ गते गरिएको थियो ।