INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई माघ ५ गते बलात्कार गरेको आरोपमा प्रहरीले गौरादह नगरपालिका–८ झारवारीका ३१ वर्षीय कृष्णकुमार राजवंशीलाई माघ ८ गते गिरफ्तार गरेको छ ।

बालिकालाई ०८२ माघ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध अस्थायी प्रहरी पा्ेष्ट, जुरोपानीमा माघ ८ गते उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

बालिकाको स्वास्थ्य परीक्षण नगर अस्पताल,गौरादहमा माघ ८ गते गरिएको छ ।

नरेश खाती

अन्य

भिडियो