१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५२ वर्षीय काकालाई ०८२ पुस २८ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई पुस २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको थियो । आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।
बालिकाको स्वास्थ्य परीक्षण पुस २९ गते प्रादेशिक अस्पताल बेनीमा गरिएको छ ।