INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ताप्लेजुङ जिल्ला खुम्लिङ्ग नपा–९ हाङ्गडेवा घर भई भारतीय सेनामा कार्यरत २१ वर्षीय अनिश लिम्बुलाई माघ २२ गते सिद्धार्थनगर नपा–५ भैरहवा स्थित पोखरा गेष्ट हाउसबाट गिरफ्तार गरेको छ ।

आरोपितले उक्त होटलमा काम गर्ने बालिकालाई विवाह गर्ने प्रलोभन देखाएर माघ २२ गते बलात्कार गरेको भन्दै पीडितले माघ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी कुमोध ढुङ्गेलले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २२ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो