INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई पुस १८ गते गिरफ्तार गरेको छ । सोही घटनाका अर्का आरोपित बुद्धभूमि नगरपालिका–५ बस्ने २२ वर्षीय सुरज चौधरी फरार छन् ।

आरोपितहरुले बालिकालाई पुस १७ गते बलात्कार गरेको भनी पीडित पक्षले पुस १८ गते इलाका प्रहरी कार्यालय गोरुसिंङ्गेमा उजुरी दिएका छन् ।

बालिकाको स्वास्थ्य परीक्षण पुस १८ गते कपिलवस्तु अस्पताल तौहिवामा गरिएको छ ।

अन्य

भिडियो