INSEC Online

📅 २०८३ जेष्ठ २१

नेविसङ्घका कार्यकर्ता र प्रहरीबीचको झडपमा दुई जना घाइते

नेपाल विद्यार्थी सङ्घ कास्कीले माघ २० गते बेलुकी मसाल जुलुस निकाल्ने क्रममा पृथ्वीनारायण क्याम्पस, पोखरामा प्रहरीसँग भएको झडपमा दुईजना विद्यार्थी घाइते भएका छन् ।

नेपाली कांग्रेसले माघ २१ गते आह्वान गरेको देशव्यापी विरोध कार्यक्रमको अघिल्लो दिन मसाल जुलुस निकाल्दै गर्दा प्रहरीले हस्तक्षेप गरेपछि दोहोरो झडप भएको नेपाल विद्यार्थी सङ्घ, कास्कीले जनाएको छ । सङ्घका अनुसार दोहोरो झडपमा परी दुईजना विद्यार्थी घाइते भएका छन् ।

घाइते हुनेमा नेपाल विद्यार्थी सङ्घका कार्यकर्ता तनुहँ घर भइ पोखरा मनपा–५ प्रस्याङ बस्ने ३१ वर्षीय पशुपति भट्टराई र पोखरा मनपा–२६ घर भई पोखरा मनपा–१ बस्ने २१ वर्षीय फिरोज सुवेदी रहेका नेपाल विद्यार्थी सङ्घका निवर्तमान जिल्ला सभापति विकास थापाले जानकारी दिए । घाइतेहरूको उपचार फिस्टेल अस्पतालमा गरिएको थापाले बताए ।

आन्दोलनत विद्यार्थीले ढुङ्गामुढा गरेका कारण प्रतिवाद गर्दा घटना भएको जिल्ला प्रहरी कार्र्यालय कास्कीले जनाएको छ ।

अन्य

भिडियो