INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका–२६ का २२ वर्षीय पुरुषोत्तम प्रधानलाई माघ २० गते गिरफ्तार गरेको छ ।

घटनाका अर्का आरोपीत सोही ठाउँका १८ वर्षीय पुकार प्रधान भने फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पीडित बालिकालाई पुरुषौत्तमले माघ १८ गते दिउँसो र पुकारले बेलुकीपख बलात्कार गरेको भनी पीडित पक्षले माघ २० गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षणमाघ २० गते भरतपुर अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो