INSEC Online

📅 २०८३ श्रावण ९

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत बिहार घर भई हाल विनयी त्रिवेणी गाउँपालिका–७ बस्ने ३० वर्षीय दिपेन्द्र मल्लाहालाई माघ १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ १८ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १९ गते जिल्ला अस्पताल भरतपुर, चितवनमा गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले बताए ।

अन्य

भिडियो