१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बढैयाताल गाउँपालिका- १ का ३१ वर्षीय बिष्णुबहादुर क्षेत्रीलाई ०८२ पुस २२ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई मङ्सिर १३ गतेदेखि पुस १५ गतेसम्म पटक पटक बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय मैनापोखरमा पुस २२ गते उजुरी दिएका थिए ।
पीडित पक्षले दिएको उजुरीको आधार आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी देबेन्द्रकुमार मल्लले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस २२ गते बर्दिया अस्पताल, गुलरियामा गरिएको छ ।