INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाका फरार आरोपित गिरफतार

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरी फरार रहेका आरोपित नवराजपुर गापा–३ का २१ वर्षीय रामसेवक यादवलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारले माघ १६ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले असोज ६ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा असोज ९ गते उजुरी दिएको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असोज ९ गते गरिएको थियो ।

इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर कृष्ण श्रेष्ठका अनुसार फरार रहेका आरोपितलाई गिरफ्तार गरी माघ १७ गते अनुसन्धानको लागि म्याद थप गरिएको छ ।

अन्य

भिडियो