१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका–११ का २३ वर्षीय कृष्ण बुढाथोकीलाई पुस १६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८२ मङ्सिर २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस १६ गते अस्थायी प्रहरी पोष्ट, शनिश्चरे बसपार्कमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा पुस १६ गते गरिएको छ ।