पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उमनपा–२ का १८ वर्षीय मुकेश बिकलाई माघ १६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले माघ १६ गते ललाई फकाई घरनजिकैको खोलामा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको एसपी बेलबहादुर पाण्डेले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १७ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरीले जनायो ।