१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडि गाँउपालिका –१ का १८ वर्षीय मोहमद मिनतुलालाई ०८२ पुस १२ गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई पुस ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
बालिकाको स्वास्थ्य परीक्षण पुस १२ गते जिल्ला अस्पताल राजविराजमा गरिएको छ ।