INSEC Online

📅 २०८३ श्रावण ६

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

१८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा छिन्नमस्ता गापा–३ महुवाका २० वर्र्षीय प्रभुकुमार यादवविरूद्ध जिल्ला प्रहरी कार्यालयले माघ १५ गते उजुरी दर्ता गरेको छ ।

मामाघर पुगेकी बालिकालाई बारीमा दाउरा लिन गएका बेला आरोपितले ०७५ माघ १४ गते बलात्कार गरेको उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा माघ १५ गते स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । बलात्कार आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

अन्य

भिडियो