INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीमा खडग नपा–७ कल्याणपुरका १९ वर्षीय मो. सनाबुलविरुद्ध माघ १४ गते उजुरी दर्ता गरिएको छ ।

अग्नीसाइर कृष्णासवरन गाउँपालिकास्थित शनि मन्दिर घुम्न भनी बालिकालाई मोटरसाइकलमा माघ १२ गते लगेका आरोपितले मन्दिर घुमेपछि आफ्नो साथीको खडग नपा–७ कल्याणपुरस्थित घर लगेर बलात्कार गरेको आरोपमा सनाबुललाई गिरफ्तार गरी कारवाही थालिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । घटनाका बेला आरोपितका साथी भने घरमा थिएनन् ।

घटनाका बारेमा थाहा पाएका छिमेकीहरूले आरोपितलाई कुटपिट गरी इलाका प्रहरी कार्यालय कल्याणपुरको जिम्मा लगाएका हुन् ।

पीडितका बुवाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा माघ १३ गते दिएको उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको इन्स्पेक्टर विष्णुप्रदिप बस्यालले बताए ।

पीडितको पोष्टमार्टम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा माघ १४ गते भएको अस्पतालले जनाएको छ ।

अन्य

भिडियो