INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक प्रतिनिधि

जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको सदस्यमा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेल माघ १४ गते चयन भएका छन् ।

सञ्जाल गठनका लागि राजविराजमा बसेको भेलाले मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा कार्यरत अधिकारकर्मीका रूपमा इन्सेक प्रतिनिधि पोखरेललाई छनौट गरिएको सञ्जालले जनाएको छ ।

पीडितहरूको न्यायमा पहुँच कायम गर्न सरोकारवालाहरूसँगको सहकार्य र समन्वय गर्ने उद्धेश्यले गठित जिल्लास्तरीय सञ्जाल समिति गठन गरिएको सञ्जालका संयोजक जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टले बताए ।

गठित २३ सदस्यीय समितिमा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, जिल्ला बाल कल्याण समितिका सदस्य बैद्यनाथ झा, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, एकल महिला समूहकी अध्यक्ष अनीता देवकोटा, जिल्ला बार इकाईका मीना देब, प्रधानाध्यापक अरुण झा, अधिवक्ता सबिता कोइराला, गैसस अध्यक्ष शम्भुनन्द चौधरी, जिल्ला बाल क्लबका अध्यक्ष बरदान श्रेष्ठ, जिल्ला कानुनी सहायता समितिका रामप्रसाद गौतम, ओसिएमसीका फोकल पर्सन मनीषा सिम्खडालगायतलाई मनोनयन गरिएको छ ।

लैङ्गिक हिंसाबाट पीडितलाई तत्काल उद्धार गर्न, हिंसाको प्रतिरोध गर्न, पीडितको अधिकार संरक्षण गर्न एवं जनचेतनामूलक कार्यका लागि समन्वय र सहकार्य गर्न सरोकारवालाहरुको जिल्ला स्तरीय समिति गठन गरिएको तथा नगरपालिका, गाउँपालका र वडा स्तरमा समेत समितिहरु गठनका क्रममा रहेको सदस्य सचिव महिला बालबालिका सेवा केन्द्रका इन्स्पेक्टर प्रकाश बस्नेतले बताए ।

समितिको सल्लाहकारमा जिल्ला समन्वय समितिका उपाध्यक्ष थानेश्वर यादव र राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा रहेकी छिन् ।

अन्य

भिडियो