INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बालविवाह गराएको आरोपमा प्रहरीले घोराही उपमनपा–१२ का २२ वर्षीय गणेश चौधरी र सोही उपमनपा–४ का ४० वर्षीया कमली चौधरीलाई माघ १३ गते गिरफ्तार गरेको छ ।

घोराही उपमनपा–१५ स्थित मामाको घरमा आएकी बालिकालाई माघ १२ गते कमली चौधरीले फकाएर जबरजस्ती गणेश चौधरीसँग विवाह गराएको भन्दै पीडित पक्षले माघ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

उजुरीको आधारमा आरोपितद्वयलाई गिरफ्तार गरी बालविवाहसम्बन्धी मुद्दा चलाइएको डिएसपी रामप्रसाद घर्तीले बताए  ।

अन्य

भिडियो