INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

२१ वर्षीया महिलालाई बलात्कार गरेको घटनाको विषयमा पीडित पक्षले दिएको उजुरी माघ १३ गते इलाका प्रहरी कार्यालय गोलबजारले गरेको छ ।

पीडित महिलालाई गोलबजार नपा–१२ का ३१ वर्षीय मुन्ना भन्ने गुजेश्वर महतो र सोही ठाउँका ३३ वर्षीय उमेश सिंहले माघ ११ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय गोलबजारमा सोही दिन उजुरी दिएका थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा माघ ११ गते नै गरिएको थियो ।
इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर नविन घिमिरेका अनुसार आरोपितहरूलाई माघ ११ गते गिरफ्तार गरेको बताए ।

माघ १२ गते शनिवार भएकोले १३ गते उजुरी दर्ता गरी अनुसन्धानको लागि आरोपितहरूलाई म्याद थप गराएको इन्स्पेक्टर घिमिरेले बताए ।

अन्य

भिडियो