खडग नपा–९ लालपट्टीका ४६ वर्षीय पशुपती चौधरीलाई सादा पोशाकका प्रहरीले माघ ८ गते अपरान्ह हनुमाननगर कङ्कालिनी नपा–१ भारदहस्थित कोशी ब्यारेजबाट अपहरण शैलीमा गिरफ्तार गरेको उनकी पत्नी काजल चौधरीले आरोप लगाएकी छिन् ।
सुनसरीको इनरुवा नपा–१ बस्ने भाइ ३९ वर्षीय राजकुमार चौधरीसँग भेटघाट गरी स ५ प ८०० नम्बरको मोटरसाइकलमा पत्नी काजलसँग घर फर्किरहेका बेला सादा पोशाकमा आएका प्रहरीले हतकडी लगाउँदै बा १८ च ७०२४ नम्बरको भ्यानमा पश्चिमतर्फ लगेको उनले बताइन् ।
आफूलाई प्रहरी बताउने उनीहरूले नै मोटरसाइकल समेत लगेको काजलले आरोप लगाएकी छन् । काजलका अनुसार पुषी पूर्णिमाको मेलामा माघ ७ गते कोशी व्यारेज आएर कोशी नदी नुहाएर उतैबाट इनरूवास्थित भाइ राजकुमार चौधरीको डेरा गई माघ ८ गते घर फर्कँदै थिए ।
पक्राउ पुर्जी त के पक्राउ गर्नुपर्ने कारण समेत नबताई प्रहरी हुँ भन्दै अपहरण शैलीमा पक्राउ गरिएको बताउँदै भाइ पशुपतीले पक्राउ गर्नुपर्ने कारण जान्न पाउनु पर्ने माग गरे ।
भलिबल खेलाडी रहेका पशुपति नेपाली सेनाबाट राजिनामा दिई वैदेशिक रोजगारका लागि कतार र इराकबाट पाँच वर्ष अघि फर्किएर घरमा बस्दै आएका थिए ।
उता प्रहरीले गिरफ्तार गरेको अस्वीकार गरेपछि पशुपतीलाई प्रहरीले गिरफ्तार गरेको हो वा अन्य समूहले अपहरण गरेका हुन् भन्नेमा शङ्का उब्जिएको छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टले प्रहरीले नियन्त्रणमा नलिएको भन्दै उनका परिवारका सदस्यहरूबाट घटनाबारे जानकारी पाएपछि खोजतलासका लागि प्रहरीलाई सचेत गराइएको बताए ।
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–२२ भैँसीपाटी बस्ने