INSEC Online

📅 २०८३ श्रावण ६

वडा कार्यालयमा तालाबन्दी, वडाध्यक्षमाथि दुर्‍व्यवहार

राजविराज नपा–१३ का स्थानीयवासीले तारपोल विस्तारका लागि दिएको उजुरी सो वडाका वडा अध्यक्ष राजेन्द्रप्रसाद यादवका छोरा ४५ वर्षीय सुरेन्द्र यादवले च्यातिदिएको विरोधमा वडावासीले माघ ७ गते वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

स्थानीय बासिन्दाले तारपोल विस्तारका लागि दिएको निवेदनमा माघ ७ गते वडा अध्यक्षले सिफारिश गरिरहेकै बेला उनका छोरा सुरेन्द्रले च्यातिदिएको विरोधमा वडा कार्यालयमा तालाबन्दी गरिएको स्थानीय सुकदेव यादवले बताए ।

नाराबाजी गर्दै स्थानीयवासीले वडा अध्यक्ष राजेन्द्रप्रसाद यादवलाई कार्यकक्षबाट बाहिर निकाली तालाबन्दी गरेका हुन् ।

गुनासोसहितको उजुरी लिएर माघ ८ गते राजविराज नगरपालिका कार्यालय आएका वडावासीले निवेदन च्यात्नेमाथि आवश्यक कारवाही गर्न माग गरेको नगरपालिकाकी उपप्रमुख साधना झाले बताइन् ।

अन्य

भिडियो