१७ वर्षीया कल्पना खनाल बालिका लाई सामूहिक बलात्कार गरेको अभियोगमा दोषी ठहरिएका तुलसीपुर उमनपा–१८ का ३१ वर्षीय विष्णु चौधरीलाई प्रहरीले १० वर्षपछि माघ ३ गते गिरफ्तार गरेको छ ।
०६५ चैत १२ गते आफन्तकोमा गएकी बालिका नेपाल बन्द भएपछि पैदल घोराही फर्कँदै गर्दा चौधरीसहित आठ जनाले बलात्कार गरेका थिए ।
पीडित बालिकाको उपचारको क्रममा घटनाको ८४ दिनपछि मृत्यु भएको थियो । प्रहरीले घटनालगत्तै फरार रहेका आरोपित गिरफ्तार भएपछि माघ ४ गते विज्ञप्ति प्रकाशन गर्दै कारागारमा बुझाएको जनाएको छ ।
प्रहरीले सामूहिक बलात्कार सम्वन्धि मुद्दा चलाएकोमा सर्वोच्च अदालतले ०७२ फागुन ३० गते ९ वर्ष ११ महिना २ दिन कैद तथा ५० हजार रुपिँया क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
घटनामा अदालतले दोषी ठहर्याएका अन्य ६ जनाले कैद भुक्तान गरिसकेका छन् भने दोषी ठहर गरिएका मोहन पुन अझै फरार रहेको प्रहरीले जनाएको छ ।