४२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मचीनगर नपा-२ का ३७ वर्षीय मालासिंह राजवंशीविरुद्ध असोज १३ गते मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
पीडित महिलालाई आरोपितले असोज ९ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित महिलाले असोज १२ गते इलाका प्रहरी कार्यालय काँकरभिट्टामा उजुरी दिएकी थिइन्
उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि असोज १२ गते नै गिरफ्तार गरी मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका असई बालकुमार राईले जानकारी दिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १२ गते मेची अञ्चल अस्पताल भद्रपुरमा गरिएको पनि असई राईले बताए ।