INSEC Online

📅 २०८३ श्रावण ६

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कल्याणपुरले शम्भुनाथ नपा–७ का ३१ वर्षीय दर्शन मण्डलविरूद्ध पुस ३० गते उजुरी दर्ता गरेको छ ।

बाख्रा चराउन गएकी बालिकालाई ललाईफकाई आरोपितले ०७५ साउन ५ गतेदेखि पटकपटक बलात्कार गरेको भन्दै पीडितका बुवाले इलाका प्रहरी कार्यालय कडरबोनामा पुस २६ गते उजुरी दिएका थिए ।

बालिका गर्भवती भएपछि घरपरिवारले सोधपुछ गर्दा मात्र घटनाबारे जानकारी पाएका अभिभावकहरूले  ढिलो गरी उजुरी दिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

बलात्कारको उजुरी दर्ता गरी फरार रहेका आरोपितको खोजी कार्य तीव्र बनाइएको इलाका प्रहरी कार्यालय कल्यणपुरका इन्स्पेक्टर विष्णुप्रदिप बस्यालले जनाए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पुस २६ गते गरिएको छ । अस्पतालका चिकित्सकका अनुसार पीडित बालिका ६ महिनाकी गर्भवती छिन् ।

अन्य

भिडियो