१७ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले राजगढ गाउँपालिका–१ कजरा टोलका २५ वर्षीय पप्पु यादवविरूद्ध पुस २५ गते उजुरी दर्ता गरेको छ ।
क्याम्पस पढ्न गएकी पीडितलाई मङ्सिर २७ गते आरोपितले साथीको सहयोगमा बाटोबाटै मोटरसाइकलमा जबरजस्ती चढाई अपहरण गरी शरीर बन्धकमा लिई बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा पुस १० गते उजुरी दिएकी थिइन् ।
आरोपित र पीडित दुवै हालसम्म फेला परेका छैनन् । पीडितको स्वास्थ्य परीक्षण हुन सकेको छैन ।