INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भरतपुर–९ शरदपुरका ५७ वर्षीय लक्ष्मण गैरेलाई चितवन प्रहरीले पुस २३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोतितले पुस २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन आरोपितविरूद्ध प्रहरीमा जाहेरी दिएको चितवन प्रहरी कार्यालयका प्रवत्ता डिएसपी दुर्गाप्रसाद रेग्मीले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण पुस २३ गते भरतपुर अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो