INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले राप्ती गाउँपालिका–१ का २१ वर्षीय समीर अलीलाई गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले पुस १७ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । बलात्कार गरी फरार आरोपितलाई प्रहरीले भालुवाङबाटै पुस १९ गते गिरफ्तार गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालयका भालुवाङका इन्स्पेक्टर रविन्द्रराज पाण्डेले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण पुस १८ गते स्वास्थ्य चौकी भालुवाङमा भयो ।

अन्य

भिडियो