INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रत्ननगर–११ का ७० वर्षीय सोमे लामालाई पुस १९ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले आरोपितविरूद्ध गत जेठ महिनादेखि बालिकालाई विभिन्न प्रलोभनमा पारेर बलात्कार गर्दै आएको भन्दै इलाका प्रहरी कार्यालय टाँडीमा पुस १९ गते उजुरी दिएपछि आरोपितलाई सोही दिन गिरफ्तार गरी कानुनी प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी दयानिधि ज्ञवालीले बताए ।

पीडित बालिकाकी आमा वैदेशिक रोजगारीका लागि कुबेतमा रहेको र बुवा दैनिकरूपमा मादक पदार्थ सेवन गर्ने भएकाले बालिकालाई परिवारको राम्रो संरक्षणसमेत नभएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १९ गते नै भरतपुर अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो